
११ असार २०७६, काठमाडौं
स्वस्थ रहनका लागि पानी पिउनु पर्छ ।
तर, मानिसहरुले पानीलाई भने त्यत्ति वास्ता गरिरहेका हुँदैन्न ।
जब, तिर्खा लाग्छ, तब मात्रा पानीको सेवन गर्ने कतिपय व्यक्तिको बानी हुन्छ ।
तर, यो बानी स्वास्थ्यको लागि हेर्ने हो भने कदापी राम्रो हैन ।
मानिसको दुई तिहाई हिस्सा पानीले बनेको हुन्छ । कम्तीमा दिनमा १०–१२ गिलास पानी पिउन स्वास्थ्यको लागि फाईदाजनक मानिन्छ ।

कम मात्रामा पानीको सेवनले अनेकौ रोगहरुले हाम्रो स्वास्थ्यमा आक्रमण गरिरहेका हुन्छ ।
जसमा एक हो –पिसाब पोल्नु
यो समस्या पुरुषमा भन्दा महिलामा बढी देखिन्छ ।
पिसाब पोल्नुको मुख्य समस्य भनेको पानी कम मात्रामा पिउनले र लामो समयसम्म पिसाब रोक्नले यस्तो समस्य आउन सक्ने चिकित्सकहरु बताउँछन् ।
जुन रोग जाडो महिनामा भन्दा गर्मी महिनामा धेरै हुन्छ ।

त्यस्तै, असुरक्षित यौन सम्पर्क, पिसाबमा देखिएको खराबीको कारण तथा पिसाबमा बढी एसिड भएका कारणले पनि पिसाब पोल्न सक्ने चिकित्सकहरु बताउँछन् ।
महिलाहरुमा यसरी नै पिसाब पोल्ने समस्य बढ्दै गएको खण्डमा डर लाग्ने रोगहरुले शरिरमा आक्रमण गरिरहेको हुन्छ ।
यदि यौन सम्पर्क गर्दा यस्तो समस्य देखिएको हो भने सकेसम्म यौन सम्पर्क नगर्ने यदि गरेको खण्डमा सम्बन्धित ब्यक्तिसँग मात्रै सम्पर्क राख्ने गर्नुपर्छ ।
महिलालाई पिसाब पोल्नले पाठेघरमा असर पार्ने, गर्भ नरहने, बाझोपन, गर्भ तुहिने, यदि गर्भ रहेको खण्डमा छिटो वा समय नपुगि बच्च जन्मिने जस्ता समस्यहरु उत्पन्न हुने चिकित्सकहरु बताउँछन् ।
त्यसैले पिसाब पोल्ने समस्या सानो भनि कहिल्यै हेलचेक्र्याइँ गर्नुहुँदैन ।
जुन पिसाब पोल्ने समस्य सानो नभएर खतरनाक रोग हो ।

पुरुषमा पिसाब पोल्ने समस्यले पिप र पिसाब आउने ठाउँ एउटै हुनेहुँदा यसले नली सुक्दै जाने, अण्डकोष सुन्निने जस्ता समस्यहरु उत्पन्न हुनसक्ने चिकित्सकहरु बताउँछन् ।
त्यसैले, पिसाब पोल्ने समस्य साधरण लिनुहुँदैन ।
यस्तो समस्य देखिने बित्तिकै नजिकैको चिकित्सककहाँ गएर यसको समाधानको उपाय अपाउनुपर्छ ।





