राप्ती प्रादेशिक अस्पतालमा फ्रिजको अभाव



११ असार २०७६, काठमाडौं

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा रहेका कालिदेवी रक्तसञ्चार केन्द्रमा रगत संकलन गर्ने फ्रिजको अभाव रहेकोे छ ।

अस्पतलामा फ्रिजको अभाव हुदा रगत संकलन गर्न नसकेको केन्द्र प्रमुख सितम रेग्मीले बताए ।

तुलसीपुरमा आठ/ नौ सय प्वाईन्ट रगत स्टक राख्न सक्ने फ्रिजको आवश्यकता रहेको हो ।

उनले भने, एउटा मात्रै फ्रिज भएकाले एकै पटक रक्क्तदाता गर्न आएको खण्डमा धेरै रगत संकलन गर्न नमिल्ने भएकाले पटक – पटक फ्रिज माग गरेका छौं । ।

प्रतिक्रिया दिनुहोस्