रिलायन्स स्कूलको इन्डो–नेपाल शिक्षक–विद्यार्थी पारस्परिक भ्रमण सम्पन्न



१० असार २०७६, काठमाडौं

रिलायन्स पब्लिक स्कुल, विवेक चोक कपन, काठमाडौंले इन्डो–नेपाल शिक्षक–विद्यार्थी पारस्परिक भ्रमणको दोस्रो संस्करण यहि असार ४ गते देखि ८ गते सम्म सम्पन्न गरेको छ ।

कार्यक्रममा जयपुर, राजस्थानको भारतिय विद्या भवन विद्याआश्रमबाट ९ जना विद्यार्थीहरु र २ जना शिक्षक–शिक्षिकाहरु सहभागी थिए । दुई विद्यालयका विद्यार्थीहरु बिच भारत र नेपाल बिचको व्यापार तथा ट्रेडको बारेमा विभिन्न गतिविधिहरु सञ्चालन गरिएको रिलायन्स पब्लिक स्कुलका प्रिन्सिपल वसन्तलाल लामिछानेले बताए ।

कार्यक्रममा दुबै देशका विद्यार्थीहरुलाई दिइएको विषय “ट्रेड एण्ड बिजनेस” मा दुबै देशका विद्यार्थीहरुले एयधभच एयष्लत र ऋजबचत एबउभच प्रदशनी गर्नुको साथै दुबै विद्यालयका विद्यार्थीहरु बिच पनि एबलभ िम्ष्कअगककष्यल गराइएको थियो ।

पाहुना विद्यार्थीहरु तथा शिक्षक शिक्षिकाहरुको विदाई कार्यक्रममा बोल्दै रिलायन्स एडुकेशन नेटवर्कका अध्यक्ष रविन्द्र जंग थापाले विद्यालयले स्थापना कालदेखि नै विभिन्न कार्यक्रम मार्फत विद्यार्थीहरुको सर्वाङ्गीण विकासमा काम गरेको उल्लेख गरे ।

अध्यक्ष थापाले, ‘यस किसिमको कार्यक्रमले विद्यार्थीहरुलाई दुई देश बिचको सांस्कृतिक, भाषिक र सामाजिक पक्षहरुको ज्ञान प्राप्त गर्ने अवसर मिल्नुको साथै आगामी दिनहरुमा समेत उक्त विद्यालयसँगको सहकार्यलाई निरन्तरता दिने बताए ।

प्रतिक्रिया दिनुहोस्