महोत्तरीमा सर्पको बिगबिगीः अस्पतालमा सर्पले टोकेका बिरामी बढ्न थाले



१० असार २०७६, काठमाडौं

महोत्तरी जिल्लाको अस्पतालमा गर्मीका कारण सर्पले टोकेको बिरामीको संख्या बढ्दै गएको छ ।

अस्पतालमा सर्पले टोकेको बिरामी आठ देखि दश जनासम्म बिरामी उपचारका लागि आउने बताईएको छ ।

जिल्लामा अत्याधिक गर्मी बढेका कारण सर्प बाहिर निस्केर खेतबारी, कच्ची सडक र कच्ची घरमा पसेर सर्वसाधरणलाई टोक्ने भएकाले बिरामीको संख्या बढेको त्यहाँका स्थानीयले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्