नेसनल युनाइटेडमा सुसोभन समारोह



१० असार २०७६, काठमाडौं

काठमाडौँको बृ्ढानीलकण्ठ-८ स्थित गणेशचोक नेसनल युनाइटेड स्कुलले यहि असार ९ गते सोमबारका दिन विद्यालय प्राङ्गणमा सुसोभन समारोह सम्पन्न गरेको छ । गत बैशाखमा विद्यालयमा आयोजित चुनावबाट चुनिएका र मनोनित स्कुल क्याप्टेन, स्कुल भाइस क्याप्टेन, हाउस क्याप्टेन र हाउस भाइस क्याप्टेन गरि ११ जना विद्यार्थीहरु उक्त कार्यक्रममा सुसोभित भएका थिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सह-प्राध्यापक रेवती प्रसाद दाहाल, विद्यालयका संस्थापक जेबी हमाल तथा निर्वाचित विद्यार्थीहरुका अभिभावकहरुले टिका र खादा लगाई व्याच तथा प्रमाण पत्र वितरण गरेका थिए । सोहि कार्यक्रममा त्यसैगरी शैक्षिक सत्र २०७६ का लागि प्रत्येक कक्षाबाट छनोट भएका क्याप्टेन तथा भाइस क्याप्टेनलाई व्याच वितरण गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा विद्यालयका संस्थापक हमालले सम्पूर्ण निर्वाचित विद्यार्थीहरुलाई सफल कार्यकालको शुभकामना दिनुका साथै विद्यालयमा अनुशासित भई उच्च नैतिक मृ्ल्य र मान्यता स्थापना गरी अघि बढ्न उत्प्रेरणा प्रदान गरे ।

निर्वाचित विद्यार्थीहरुका अभिभावकहरुले नेसनल युनाइटेड स्कुलले सुरुवात गरेको राम्रा कार्यहरुको अनुसरण अन्य विद्यालयहरुले पनि गरिरहेको परिप्रेक्ष्यमा यस विद्यालय नेतृत्वदायी संस्थाको रुपमा रहेकोमा खुसी प्रकट गर्नुका साथै विद्यार्थीहरुको क्षमता उजागर गर्न गरिने यस्ता कार्यक्रमहरुमा साथ र सहयोगका लागि पूर्ण प्रतिबद्ध रहेको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्