बर्खायाममा डर लाग्ने संक्रमणबाट बच्नुहोस्, जसका लागि अपाउनुहोस् यस्तो उपायहरु



१० असार २०७६, काठमाडौं

स्वस्थ नै धन हो ।

मानिस स्वस्थ भयो भने, परिवारमा खुसी तथा धन आर्जन गर्नखदेखि लिएर हरेक कुरामा अघि बढ्न सक्छ ।

जब, त्यही मानिस अस्वस्थ हुन्छ, हरेक कुरामा खस्किदै गईरहेको हुन्छ ।

त्यस्तै, दिनप्रति–दिन मनसुन सुरु भैसकेको छ ।

मनसुन सुरु भएसगै विभिन्न रोगको संक्रमण बढी हुनेगर्दछ ।

त्यसैले, यो समयमा खानपान संगै आफ्नो स्वास्थ्यमा निकै ख्याल राख्नुपर्ने हुन्छ ।

नेपाल कृषिप्रधान देश भएर यो समयमा प्रायः कृषकको ध्यान खेतीमा जान पनि स्वाभाविकै हो ।

त्यसैले, यो समयमा भने आफ्नो स्वास्थ्यमा त्यत्ति ध्यान दिन सकिरहेका हुँदैन्न ।

जसकारण, मलेरिया, झाडापखला, हैजाको महामारी, डेगु जस्ता अनेकौ रोगहरुले आक्रमण गरिरहेको हुन्छ ।

वर्षातको समयलाई रोग आमन्त्रण गर्ने मौसम पनि भनिन्छ । किनकि यो समयमा राखेको खानपान पनि चाँडै सड्ने, गल्ने हुन्छ ।

यो समयमा बिरामी हुने मुख्य कारक तत्व हो– खानपानमा

किनकि यो समयमा जीवाणु, संक्रमण तथा बासी सडे–गलेका खानेकुराको कारण झाडापखला फैलने वा मृत्यु नै हुने सम्भावना हुन्छ ।

वर्षातको समयमा कतै बिषालु च्याउँ खाएर मान्छेको ज्यान जाने सम्भावना पनि धेरै हुने भएकाले खानका लागि योग्य छ कि छैन पत्ता लगाएर मात्रै खाने गर्नुपर्दछ ।

यो समयमा दुषित पानी पिउनले वान्ता, झाडापखला, पेट दुख्ने जस्ता रोगहरुले आक्रमण गरिरहेको हुन्छ ।

हामी झाडापखलालाई सामान्य रोग भनि वास्ता पनि पनि गरिरहेका हुँदैनौं ।

वास्तपमा, यो वानी पनि राम्रो हैन, किनभने स–साना रोग नै बढेर ठुलो रोग बन्न पुग्छ ।

हाम्रो सानो गल्तीले हाम्रो शरिरमा अनेकौ रोगहरुले आक्रमण गरिरहेको हुन्छ ।

मानिसको शरिरको दुई तिहाई हिस्सा पानीले बनेको हुन्छ ।

त्यसैले, शुद्ध तथा उमालेको पानी पिउने वानी बसाल्नुपर्छ ।

प्रशस्ता मात्रामा पानीको सेवनले शरिरभित्रका अनेकौ विकार बस्तुहरुलाई पनि बाहिर निकाली ९० प्रतिशत रोगबाट बच्न सकिन्छ ।

वर्षातको समयमा पानी बढी मात्रामा पर्न भएकाले घर वरपर जमेको पानीबाट लामखुट्टेको फैलिने भएकाले पानी जम्न हुँदैन ।

किनभने, लामखुट्टेको टोकाईबाट मलेरिया जस्ता खतरनाक रोगले आक्रमण गर्दछ ।

वर्षातको समयमा हरेक कुरामा ध्यान दिन आवश्यक हुन्छ ।

वर्षातको समयमा विभिन्न रोगको संक्रमणबाट बच्नका लागि तारेको,भुटेको वा मसलेदार खानेकुराबाट टाढै बस्नका साथै काउली, बन्द, सिमी लगायत अन्य हरियो साग सब्जीहरु पानीमा केही समय डुबाएर मात्रै यसको सेवन गर्ने गर्नुपर्छ ।

यो समयमा आफ्नो स्वास्थ्यको एकदमै बढी मात्रमा ध्यान दिन आवश्यक हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्