रोटा भाइरस बिरुद्धको खोप सञ्चालनमा ल्याउँदै सरकार



१० असार २०७६, काठमाडौं

सरकारले आगमी पुष महिनाबाट रोटा भाइरस बिरुद्धको खोप सञ्चालनमा ल्याउने भएको छ ।

खोप सप्लाई गर्नका लागि बेल्जियन कम्पनी ग्ल्याक्सो स्मिथ क्लाइन फर्मास्युटिकल्स (जीएसके) खोपको अभाव नहुने प्रतिबद्धता जनाएपछि सरकारले पुषबाट खोप सञ्चालनमा ल्याउने भएको हो ।

पाँच बर्षमुनिका बालबालिकालाई अत्याधिक सताउने तथा झाडापखलाको मुख्य कारक तत्व नै रोटा भाइरस भएकाले यस बिरुद्धको ‘रोटा रिक्स’ खोप सञ्चालन हुन लागेको हो ।

उक्त, खोप एक बर्ष भित्रका बालबलिकालाई ६ हप्ता र दश हप्ता उमेर समुहका बालबलिकालाई दिइने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्