विदेशको कोमामा रहेका नेपाली कामदारलाई उपचारका लागि नेपाल ल्याईने तयारीमा



०९ असार २०७६, काठमाडौं

वैदेशिक रोजगारका सिल्सिलामा कार्यस्थलमै दुर्घटना परी वा विभिन्न गम्भीर प्रकृतिका रोगका कारण कोमा (अचेत अवस्था) मा रहेका नेपालीलाई स्वदेश फर्काउने तयारी थालिएको छ ।

गत आईतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको अध्यक्षतामा बसेको बोर्डको बैठकले खाडी लगायत विभिन्न मुलुकमा कोमामा उपचार गराइरहेका नेपालीलाई स्वदेशमै फर्काएर उपचार गराउने बिषयमा गम्भीर छलफल गरेका हुन् ।

कतार, साउदी, युएई, दक्षिण कोरिया लगायत विभिन्न मुलुकका २५ नेपाली कोमामा रहेको बोर्डले जनाएको छ । जसमध्ये ३ नेपाली हिँडडुल गर्न नसक्ने अवस्थामा विदेशका अस्पतालमा छन् ।

प्रतिक्रिया दिनुहोस्