वर्षातको समयमा विग्रन सक्छ सौन्दर्यता,जसकारण अपनाउनुहोस् यस्तो उपायहरु



९ असार २०७६, काठमाडौं

मानिसको पहिलो हेर्ने नजर भनेको सुन्दरता नै हो ।

त्यसैले, सुन्दर बन्न सबैलाई एकदमै मन पर्ने कुरा हो ।

समयको परिवर्तनसगै दिनप्रतिदिन वर्षायाम लागिसकेको छ ।

यो वर्षायामको समयमा आफ्नो सुन्दरतालाई जोगाउन निकै कठिनाई हुन्छ ।

त्यसैले, जुन समयसँगै आफ्नो सौन्दर्यताप्रति पनि उत्तिकै ध्यान दिन आवश्यक हुन्छ ।

आफ्नो सुन्दरतालाई यो समयमा कसरी जोगाउने भन्ने चिन्तामा हुनुहुन्छ ?

यस्तो तरिकाहरु अपनाउनुहोस्:

मोश्चराइजेशन लगाउने

वर्षायाममा पटक–पटक पानीले रुझ्दा छाला ड्राइ हुनेभएकोले आयल फ्रि मोश्चराइजर लगाउनु छालाको लागि लाभदायिक हुन्छ ।

सकेसम्म ड्राइ रहने

वर्षामा हामी ओसिलो हुने भएकाले यो समयमा इन्फेक्सनको खतरा हुन सक्छ । त्यसैले, सम्भव भएसम्म आफ्नो छालालाई ओसिलो नबनाउदा राम्रो हुन्छ ।

विशेष सरसफाईमा ध्यान पुर्याउने

बर्षाको मौसममा हात, अनुहार र खुट्टाको सफाईमा विशेष ध्यान दिन जरुरी हुन्छ र सम्भव भएसम्म दिनमा दुईपटक राम्रो फेसवासले अनुहार सफा गर्न आवश्यक हुन्छ ।

टोनिङ प्रयोग गर्नुहोस्

वर्षाको मौसममा छालाको रोम छिद्र बन्द हुने संभावना भईसकेपछि अनुहारमा मुसा, घाउ खटिरा आदि आउने सम्भावना हुन्छ । त्यसैले कुनै राम्रो एन्टि ब्याक्टेरियल टोनर प्रयोग गर्न तथा टोनरको स्थानमा गुलाब जलको पनि प्रयोग गर्दा हुन्छ ।

घामबाट बच्नुहोस्

जब,पानी परिसकेपछि धेरै चर्को घाम लाग्छ ।

त्यसैले पानी परिकसेपछिको घामबाट बच्नका लागिसन स्क्रीन क्रिम लगाउन जरुरी हुन्छ ।

जसले, घामको अल्ट्रा भाइलेट किरणबाट छालालाई राहत मिल्छ ।

 

प्रतिक्रिया दिनुहोस्