दुवै मिगौला पिडीत कुमाललाई उपचारका लागि नेपाली प्रवासीद्वार सहयोग



०९ असार २०७६, काठमाडौं

मिगौला पीडित भीमबहादुर कुमाललाई उपाचारको लागि प्रवासी नेपालीबाट आर्थिक सहयोग जुटेको छ ।

रामपुर नगरपालिका–८ बस्ने ३१ वर्षीय कुमाललाई जापान सम्पर्क मञ्चले उपचारका लागि रु. ८८ हजार ८८८ रकम सहयोग गरेको हो ।

त्यस्तै, कुमालको उपचारका लागि रामपुर नगरपालिकाले रु. १२ हजार २२३, रामपुर ८ का समाजसेवी नरनारायण अर्याल र रामपुर ५ का निराजन रेग्मीले पनि नगद रु. ५/ ५ हजार सहयोग प्रदान गरेका हुन् ।

त्यस्तै, वडा नं ८ का जनप्रतिनिधि तथा कर्मचारीबाट रु. १५ हजार नगद सहयोग गर्ने घोषणा गरिएको छ ।

आफूलाई उपचारमा सहयोग गर्नुहुने दातालाई धन्यवाद दिँदै जीवन रक्षाका लागि थप सहयोगको कुमालले याचना गर्नुभएको छ ।

सात वर्षसम्म वैदेशिक रोजगारीमा कार्यरत ३१ वर्षीय कुमाल दुवै मिर्गौला ले काम गर्न छाडेपछि सात महीना अगाडि स्वदेश फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्