समता अस्पताल घटनाको छानबिनको माग गर्ने माथि प्रहरीको लाठ्ठी चार्ज



०८ असार २०७६, काठमाडौं

समता अस्पतालभित्र मृत अवस्थामा फेला परेकी बिमला तमाङलाई न्याय माग्दै उनका आफन्तले आईतबार काठमाडौंस्थित गौशलामा आन्दोलित भएका छन् ।

प्रहरीले आन्दोलनको क्रममा दुईजनालाई पक्राउ गरेको हो । आन्दोलनमा उत्रिएका आफन्तहरुले प्रहरी दमन बन्द गर्न र पीडितलाई न्याय दिन माग गरेका छन् ।

गत मंगलवार अस्पतालको हाताभित्र रामेछाप दोरम्बा घर भएका बिमलालाई झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।

त्यसपछि, विमलाका आफन्तले उनको हत्या भएको दाबी गर्दै दोषीलाई कारबाहीको माग गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्