
०८ असार २०७६, काठमाडौं
डोल्पा अस्पतालमा गत दुई हप्तादेखि टाइफाइड र ज्वरोको बिरामीको संख्या बढे पनि औषधीको अभाव भएको छ ।
मौसम परिवर्तनसँगै डोल्पामा टाइफाइड पत्ता लगाउने किट (हुइडल पेष्ट रियाजेन्ट) नभएको कारण समस्य उत्पन्न भएको छ ।
पाँच दिनदेखि यो औषधि अभाव हुँदा अस्पतालमा आएका बिरामीको उपचारमा चुनौती थपिएको डा. सिजन रावलले जानकारी गराए ।
यातायात र हवाई यातायातको सहज पहुँच नभएको डोल्पामा औषधिको आपूर्तिमा ढिलासुस्ती गर्दा धेरै बिरामी निजी औषधि पसलमा उपचार गर्न बाध्य भएका छन् ।





