
०८ असार,२०७६ काठमाडौं
स्वास्थ्य तथा जनसंख्य मन्त्रालय अन्तर्गतको कर्मचारी समायोजनको काम झन अन्योलमा परेको छ ।
संघीय तथा सामान्य प्रशासन मन्त्रालयले समायोजनको काम सकिएको भन्दै स्वास्थ्यमा फाइल पठाए पनि त्यसमा झन समस्य देखिएको हो ।
उक्त, स्वास्थ्य मन्त्रालयले यी सबै समस्या समाधानका लागि ६ जना कर्मचारी खटाएका हुन् ।
नाम सार्वजनिक गर्दा उहाँहरुमा दबाब आउने सम्भावना देखिएकाले खटाईएका कर्मचारीको नाम भने गोप्य नै राखिएको छ ।
खटिएका कर्मचारीहरुले समायोजनमा देखिएका समस्या समाधान गर्दै कर्मचारीको समायोजनको पत्र बनाउने काम गर्नेछन् ।





