
०८ असार २०७६, काठमाडौं
रामेछापमा एम्बुलेन्स दुर्घटना हुँदा २२ वर्षिय चालकको मृत्यु भएको छ ।
एम्बुलेन्स बिरामी लिन जाने क्रममा मन्थलीमा दुर्घटना हुँदा चालक नीरबहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो ।
नेपाल रेडक्रस सोसाइटी, भीमेश्वर उपशाखा सिन्धुलीको बा. २१ च. ७५२५ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा श्रेष्ठको मृत्यु भएको हो भने उनीसंगै अर्काे एकजना घाईते भएका छन् ।
जिल्ला प्रहरी कार्यलयका अनुसार, एम्बुलेन्स सडकबाट करिब २०० मिटर तल खसेको छ भने दुर्घटना कसरी भयो भनी अनुसन्धान भईरहेको जानकारी गराएका हुन् ।





