
०७ असार२०७६, काठमाडौं
स्वस्थ नै धन हो ।
त्यसैले, मानिसहरु स्वस्थ हुन अनेकौ उपायहरु अपनाउँछन् ।
जसमा एक हो–ताली
ताली स्वास्थ्यको लागि निकै फाईदाजनक मानिन्छ ।
तर, स्वस्थ रहने सजिलो उपाय मध्ये ताली पनि एक हो ।
हामी सामान्य खुसी हुँदा, अर्काको खुसीमा सामेल हुँदा तथा अरुलाई प्रोत्साहित गर्दा ताली बजाउने गर्छौ ।
जसले, रगतको प्रवाहलाई सुचारु गर्न मदत गर्दछ ।

ताली बजाउनले मुटु, दम, फोक्सो,ग्याष्ट्रिक, मानसिक बिचैनी टाउको दुख्ने जस्तो समस्यबाट छुटकार पाउँन सहयोग गर्छ ।
खाना खाएको एक घण्टापश्चात हातमा नरिवल तथा तोरीको तेल लगाई ताली बजाउनले शरिरले सोस्छ ।
ताली बजाउनुको फाईदाहरु पढ्नुहोस्;
गोलीगाँठाको समस्य
गोलीगाँठाको दुखाई भएका व्यक्तिले दैनिक १५ मिनेट तालीको अभ्यास गनुपर्दछ ।
न्युन रक्तचापमा
यदि न्युन रक्तचापको समस्या भएका व्यक्तिले सिधा भएर उभिने र हात हावामा माथि उठाएर ताली बजाउनले समस्यबाट छुटकार मिल्छ ।
ढाड, घाँटी, जोर्नी दुख्नेहरु
ढाड, घाँटी, जोर्नी दुख्नेहरुले दैनिक १५ देखि २० मिनेटसम्मको अभ्यास गरेमा समस्याबाट लाभ मिल्छ । यसका लागि औंलाले औंलामा जोड दिनुपर्छ ।
![]()
पाचन समस्यामा
ताली पाचन समस्या भएकाहरूका लागि अचूक औषधि हो । ताली बजाउँदा दाहिने हातका चार औंलामा जोड दिने र यो अभ्यास बिहान उठ्ने बित्तिकै कम्तीमा पनि १५ मिनेट अभ्यास गर्ने ।
मुटु र फोक्सोका
मुटु र फोक्सोसंबन्धी समस्याबाट पीडित भएका व्यक्तिले ताली सही उपचार हुन सक्छ । तालीले मुख्य र सहायक धमनीहरुमा भएका अवरोध हटाई स्वाथ्यलाई फिट पार्छ ।
रोग प्रतिरोधी क्षमतामा वृद्धि
तालीले मानिसमा रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ र कुनै पनि रोगसंग लड्न सक्ने बनाउछ ।





