डाक्टरको आफ्नै गाडीको ठक्करबाट एक वालकको मृत्यु



०७असार २०७६, काठमाडौं

पोखरामा अस्पतालको हाताभित्रै चिकित्सकले चलाएको गाडीबाट एक वालकको मृत्यु भएको छ ।

मणिपाल शिक्षण अस्पतालका चिकित्सक विश्वदीप तिमिल्सिनाको ग. ३ च ४३६ नं को गाडीले ठक्कर दिँदा वालकको मृत्यु भएको हो ।

पोखरा महानगरपालिका–२८ माझठाना निवासी रामकृष्ण कँडेलका तीन वर्षका छोरा संस्कारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिएका हुन् ।

घटनालगत्तै चिकित्सक र उनको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्