
०७ असार २०७६,काठमाडौं
वीर अस्पतालमा उपाचारको क्रममा सांसद रेशम चौधरीको खुट्टामा लगाईएको साङ्लो हटाईएको छ ।
गत एक महिना अघि कैलालीमा ८ प्रहरी अधिकारीसहित ९ जनाको ज्यान जाने गरी भएको टीकापुर काण्डमा जेल परेका चौधरीलाई चौध किलोको साङलोले बाँधिएको थियो ।
बाँधिएको तस्बिर सार्बजानिक भएसगै चौतर्फी बिरोध भएको कारण लगाईएको साङ्लो हटाईएको हो ।
यसैबीच, साङ्लो लगाउने कार्यमा संलग्नलाई कारबाही गर्न प्रधानमन्त्री केपी ओलीले निर्देशन दिएका हुन् ।
‘उपचारको क्रममा जसले साङ्लो बाँधे, उनीहरुलाई कारबाही गर्न प्रधानमन्त्रीले मुख्य सचिव लोकदर्शन रेग्मीलाई निर्देशन दिनुभएको छ ।’





