एम्बुलेन्समा काँग्रेस नेताको नाम लेखिएपछि,गाउँपलिकाले गरे अस्विकार



०७ असार २०७६, काठमडौं

गत पाँच महिना अगाडि जोरायल गाउँपालिकालाई उपलब्ध गराइएको एम्बुलेन्स अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन ।

एम्बुलेन्समा नेपाली काङ्ग्रेसका नेताको नाम उल्लेख गरिएको भन्दै उक्त गाउँपालिकाले साढे पाँच महीनासम्म एम्बुलेन्स चालू गर्न नमानेको हो ।

उक्त,एम्बुलेन्स काङ्ग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टको पहलमा आमा फाउण्डेशनले सहयोग जुटाएर खरीद गरिएको बताएका हुन् ।

नेता विष्टको नाम उल्लेख गरिएको भन्दै गाउँपालिकाले साढे पाँच महीनादेखि नै प्राथामिक स्वास्थ्य केन्द्र जोरायलमा एम्बुलेन्स थन्काएर राखेको स्थानीयवासी प्रकाश मल्लले बताए ।

उनले भने, “काङ्ग्रेसको नाम लेखियो भनेर एम्बुलेन्स थन्काइएको छ, जनतालाई दिएको सुविधामा राजनीति किन ?” उक्त गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले नेता विष्टले विना कारण आफ्नो नाम उल्लेख गरेकोले एम्बुलेन्स चलाउन नदिएको बताए।

प्रतिक्रिया दिनुहोस्