
०६ असार २०७६, पर्सा
ग्लोबल विजनेश कलेजको आयोजनामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।


वीरगंजको नेशनल ट्रेडिङ्ग अगाडी कलेज परिसरमा आयोजित शिविरमा अभिभावक, विद्यार्थी, सर्वसाधारण र शिक्षक गरी एक सय ७० जनाले आँखा चेकजाँच गराएको कलेजका प्रबन्ध निर्देशक श्रीराम दासले बताए ।

डा. अरुण यादव, प्राविधिक आशा जैशवाल, अन्जना घिमिरे र राजेश चौधरीको टोलीले निःशुल्क रुपमा चेकजाँच गरेको उक्त शिविरमा ६ जनामाथि दृष्टीदोष देखिएको मातृका फाउण्डेशनका मेडिकल कोर्डिनेटर महेश धामीले बताए । उपचारका क्रममा आखाँमा समस्या देखिएका विरामीहरुको थप उपचार मातृका फाउण्डेशनले निःशुल्क रुपमा गरिदिने धामीले विश्वास व्यक्त गरेका थिए ।

शिविरमा ग्लोबल विजनेश कलेजका रोशन पटेल, उषमा गिरी, प्रिति भट्ट, प्रियंका यादव, शिसम मिश्रा, अमन कुमार चौरसिया, अभिशेख डंगोल, मनिषा यादव, अनिशा पटेल, ज्ञानेन्द्र चौधरी, रोहित गुप्ता, स्नेहा झा, अंकिता महतो, गौरव गुप्ता, गौरव पटेल, मुकेश सहनी, नेहा साह अभिभावकहरु विनिता महतो, तुलाधर चौधरी, रैजिता देवि, विजय कुमार यसैगरी शिक्षक शैरभ वर्णवाल, सुमन श्रेष्ठ, सिम्ररण परियार, विवेक थापा, सुरज पटेल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वित्त व्यवस्थापक अशोक सरार्फ, मानव संशाधन तथा अनुसन्धान व्यवस्थापक ओम प्रकाश श्रेष्ठ, कलेजका सल्लाहकार तथा निर्देशक निभा दास लगायतको उपस्थिती रहेको थियो ।
x 





