
६ असार २०७६, काठमाडौं
कागतीलाई हामी जुनसुकै मौसममा पनि खान सक्छौं ।
तातो पानीमा निचोरेर पिउँनले यसको अनेकौ फाईदाहरु छन् ।
जसमा एक हो !
यसले मानसिक दुर्बलतालाई कम गराई आँखालाई तेज बनाउनछ ।
विशेषगरी छालालाई निखारर्नेका साथै पेटभित्र भएका बिकारलाई बाहिर ल्याउँदछ ।
यस्तै, कागतीका अन्य विशेषताहरु !

कपाल चम्किलो बनाउँछ:
पानीमा कागतीको रस मिलाएर लगाउने र घाममा सुकाएर चिसो पानीले पखाल्ने, जसले कपाल चम्किलो बनाउन मदत गर्छ ।
नङलाई चम्काउँदछ:
कचौरामा पानी लिएर कागतीको रस हाल्ने र नङलाई डुबाएर राख्ने, पानीबाट निकालिसकेपछि कागतीले नङलाई रगड्ने,
जसले तपाईको नङलाई चम्किलो बनाउँछ ।
मसीको दाग हटाउनका लागि:
यदि मसीको दाग कपडामा लागेमा मसी सुक्नुभन्दा अघि कागतीको रस लगाएर चिसो पानीले धोएमा कपडाबाट दाग गायब हुने गर्दछ ।
सेतो कपाडालाई सधैँ सेतो राख्ने गर्दछ:
–आधा कप कागतीको रसलाई एक बाल्टी पानीमा हाल्ने र पानीले आफ्नो सेतो कपडा भिजाउने ।
–जसले सेतो कपडाको सेतोपना फिर्ता ल्याउन मद्दत गर्दछ ।
घाँटीको दुखाईलाई पनि टाढा राख्छ:
–एउटा कागतीको रसलाई मनतातो हुने गरितताउने,
–तातिसकेपछि महसँग मिसाएर पिउने
चाँयाः
एक चम्चा कागतीलाई चिसो कपालमा लगाउने फेरी श्याम्पुले धुने, जसले चाँयाको समस्यलाई हटाईदिन्छ ।
खानालाई ताजा राख्न मद्दत गर्दछ:
–पकाएको केहि घण्टा पछि नै पहिले जस्तो ताजा देखिँदैन ।
–त्यसैले, थोरै कागतीको रस मिसाउनु पर्छ ।
–जसले खाना पहिलेको जस्तै ताजा देखिन्छ ।
दाग धब्बा हटाउछ:
खाना खाइसकेपछि हात धुनका लागि कागतीको प्रयोग गर्दा यसल हात सफा र चमकदार हुने गर्दछ ।





