झापामा नर्सिङ सेवा शुरु,महिनावारीको समयमा छात्राहरुलाई परामर्श लिन सुविधा



६ असार २०७६, काठमाडौं

झापाको विर्तामोडस्थित देवी माध्यमिक विद्यालयमा नर्सिङ सेवा शुरु भएको छ ।

नर्सिङ सेवा शुरु भएपश्चात छात्राहरुलाई महिनावारीका बेला स्वास्थ्य परामर्श लिन सुविधा भएको छ ।

प्रदेश नं १ सरकारले हरेक प्रदेशका जिल्लाको एक सामुदायिक विद्यालयमा नमूना नर्सिङ सेवा सञ्चालन गर्ने कार्यक्रमअन्तर्गत ‘नर्सिङ गुरुआमा’को रुपमा स्टाफ नर्स प्रतिभा थापाले गत चैतदेखि देवी माध्यमिक विद्यालयमा नियमित सेवा शुरु गरेकी हुन् ।

विद्यालयका सहायक प्रधानाध्यापक लीलाप्रसाद भण्डारीले दिनहुँ ३० देखि ५० जना विद्यार्थी सेवा लिन ‘नर्सिङ गुरुआमा’ कहाँ जाने गरेको बताएका छन् ।

“कहिलेकाही ५० जनासम्मलाई स्वास्थ्य सेवा दिएकी छु”, विद्यालयमा कार्यरत ‘नर्सिङ गुरुआमा’ प्रतिभा थापा भन्छिन्, ‘दिनहुँ कम्तीमा १५ जना छात्रा महिनावारी स्वास्थ्यका बारेमा परामर्श लिन आउने गर्छन् ।”

प्रतिक्रिया दिनुहोस्