स्वास्थ्य मन्त्रालयमा योग दिवस मनाईदैँ



६ असार २०७६, काठमाडौं

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा (आज) शुक्रबार योग शिविरको आयोजना गरिएको छ ।

स्वास्थ्य मन्त्रालय आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागको आयोजनामा शिविर सञ्चालन गरिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिसरमा भएको शिविरमा स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादव, स्वास्थ्य सचिवद्धय डा पुष्पा चौधरी, रामप्रसाद थपलिया, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनी, आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. बासुदेव पाण्डे, विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा.जोश भेन्डेलर सहित स्वास्थ्यका अधिकारीहरु, कर्मचारी तथा स्वास्थ्य सम्वद्ध संस्थाका प्रतिनिधिहरुको सहभागीता थियो ।

कार्यक्रममा ब्रमकुमारी राजयोग केन्द्रका प्रशिक्षकहरुले योग सिकाएका थिए । करीब १ घण्टा चलेको योग शिविरमा राज्यमन्त्री सचिव सहित उपस्थित सबैजना सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्