हेलिकप्टरमार्फत एक गर्भवतीको महिलाको उद्धार



६ असार२०७६,काठमाडौं

हेलिकप्टरमार्फत एक गर्भवतीको उद्धार गरिएको छ ।

जिल्लाको स्वामिकात्र्तिक गाउँपालिका–१ मुक्तिकोटकी २२ वर्षीया रजनी विकलाई सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा सुत्केरी हुन नसकेपछि नेपालगञ्ज पठाइएको हो ।

विकको सुत्केरी हुन एक महीना बाँकी रहेको भए पनी उनको स्वास्थ्यमा अहिले नै जटिल समस्या सिर्जना हुन थालेपछि भेरी अञ्चल अस्पतालमा उपचारका लागि सिफारिस गरिएको साप्पाटा स्वास्थ्यचौकीका इन्चार्ज राजेन्द्र एमले जानकारी दिएका हुन् ।

जिल्लामा उपचार हुन नसक्दा उनलाई सामाजिक विकास मन्त्रालयसँग समन्वय गरी हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख अशोक सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस्