गर्मी मौसममा मसाज गर्नुको काईदा, जसले गर्छ तपाईको शरिरमा फाईदै–फाईदा



५ असार २०७६,काठमाडौं

पछिल्लो समयमा आएर दिन–दिनै गर्मी बढिरहेको छ ।

गर्मी बढेसंगै स्वस्थमा पनि त्यत्ति नै ध्यान दिन आवश्यक हुन्छ ।

यो मौसममा अकाशबाटको सुर्यको तापले गर्दा मानिसहरु हैरान भएका हुन्छन् ।

यो समयमा गर्मी, घाम, पसिनाको कारण मानिसहरु शरीरिक र मानसिक रुपमा बढी मात्रमा थकानको महशुष गरिरहेका हुन्छन् ।

फेरी यो समयमा मानिसहरु सानो–सानो कामले नै निकै थाकेको अनुभव गर्छन् ।

यो सबै थकानबाट शरिरलाई राहत मिल्ने भनेको सबैभन्दा राम्रो उपाय भनेको –मसाज

मसाजको फाईदाको यो जानकारी तपाईहरुको लागि!

–शरीर बाउडिने समस्यामा राहत

मसाजले मांसपेशीको दुखाईमा राहत मिल्नका साथै मांसपेशी बाउडिने समस्याको समाधान हुन्छ ।

–तनावबाट टाढा राख्छ

गर्मी मौसममा यसैपनि मन आत्तिने र तनाव हुने समस्य हुन्छ । मसाजले शरीरमा एन्डोरफिन र डोपामाइन हार्मोन उत्पन्न गराउने भएकाले मसाजपछि राम्रो अनुभव र राम्रो सोच्ने क्षमताको विकास गराउँछ ।

–रोग प्रतिरक्षा प्रणाली बलियो बनाउँछ

गर्मीमा नियमित मसाज गर्नाको सबैभन्दा ठूलो फाइदा यो की यसले शरीरको रोग प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ

–शरीर सुन्निने समस्यामा राहत

मसाजबाट शरीरमा रगतको बहाव बढ्छ जसले सुन्निने समस्या हटाउने काम गर्छ र सहज महसुस हुन्छ ।

प्रतिक्रिया दिनुहोस्