
५ असार २०७६, काठमाडौं
विहान–विहान दौडिनु भनेको अरु व्यायम गरे जस्तै हो ।
त्यसैले प्रायः मानिस विहान उठ्नेबित्तिकै दौडिने गर्छन् ।
आफु दौडिने क्रममा आफनो पैतालाको चाल सुन्न आवश्यक हुन्छ ।
किनभने, यदि तपाईले जुन अवाज सुन्नुहुन्छ कि तपाई जोडले दौडिदै हुनुहुन्छ ।
दौडिने क्रममा दिमागलाई एकाग्र बनाउन पर्छ ।

विशेष गरी दीर्घरोगीहरू, जसले कडा व्यायाम गर्न हुँदैन, उनीहरू दौडनुपर्छ ।
तर……
दौडिदा पनि तरिका हुन्छ ,जुन तरिकाहरु जान्नुहोेस् :
–विहान उठेर मनतातो पानी पिउने र शौच क्रिया गर्ने,
–दौडको लागि एकदमै सजिलो जुत्ता र हल्का तथा खुला पहिरनका साथ निस्किने, दौडनुअघि शरीरलाई दायाँ–बायाँ चलाउने, हातखुट्टा चलाउने,
–दौडन सुरु गर्नेवित्तिकै आफ्नो विस्तारै दौडने र ५–७ मिनेटपछि मात्र दौडको गति बढाउने,
–अरूको देखासिकीमा छिटो नदौडिने,
–दौडने क्रममा लामो सास लिने, केही समय रोक्ने र छाड्ने,
–दौडनु सुरु गरेको हरेक १०–१५ मिनेटमा पानी पिउने,
–दौडेर फर्केपछि नुहाउने,
–प्रोटिनयुक्त खानेकुरा सेवन खाने,





