स्वस्थ रहनुहोस्,जसका लागि लामो श्वास लिनुहोस्



५ असार २०७६, काठमाडौं

विहान गहिरो श्वास लिने स्वस्थको लागि निकै नै फाईदाजनक छ ।

श्वासप्रश्वास एउटा अनियन्त्रित प्रक्रिया हो ।

श्वास फेर्न हामीलाई कुनै थप उर्जा खर्च गर्नु पर्दैन ।

तर,राम्रोसँग श्वासप्रश्वास लिएमा यसले स्वस्थ मात्र बनाउँदैन मानिसलाई दीर्घजीवि पनि बनाउँछ ।

त्यसैले, विहान ५ मिनेट जति लामो श्वास लिने,छोड्ने गर्नुपर्छ ।

श्वासप्रश्वास ब्यायमको फाईदाको बारेमा यो जानकारी तपाईहरुको लागि !

–दिमागलाई शान्त बनाईदिन्छ।

–गहिरो श्वास लिँदा दिमागमा अक्सिजनको आपूर्ती बढाउँछ।

–चिन्ताको मात्रा घट्नुका साथै शरीरलाई आनन्द र प्रफुल्ल बनाउँछ ।

–गहिरो श्वासले शरिरमा अक्सिजनको प्रवाह बढाउँछ

–तनाव, चिन्ता र त्रास घटाउँछ ।

–शरीरको विष फालिदिन्छ।

–श्वास प्रश्वासबाट मानिसको शरिरबाट ७० प्रतिशत भन्दा बढी खराब तत्व निष्कासन गरिदिन्छ ।

–गहिरो श्वास प्रश्वासको व्यायामले मुटु, पेट, लिभर, साना आन्द्रालाई मसाज गरिदिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्