
४ असार २०७६, काठमाडौं
स्वस्थ रहन सबैलाई मन पर्छ ।
तर, स्वस्थ हुदाँ हामी आफ्नो स्वास्थ्यको भने त्यत्ति ख्याल गर्दैनौँ ।
हाम्रो सानो गल्तीले अनेकौ रोगहरुले हामीलाई आक्रमण गर्दछ ।
जसमा एक हो, ‘ग्याष्ट्रिक’
जीवन जिउने जीवनशैलीसंगै खानपानको लापारबाहीले ग्याष्ट्रिक निम्त्याउने गर्छ ।
जसले हामीलाई जीन्दागीभर दुःख दिईरहन्छ ।
तर, केही सजिलो उपायहरु छन् जसले बिरामीलाई राहत मिल्नका साथै लामो समयसम्म प्रयोग गरेमा पुर्णरुपमा ठिक हुने सम्भावना पनि हुन्छ ।
जसका लागि यी उपायहरु अपनाउनुहोस् :
–हाम्रो वरिपरि पाइने घिउकुमारीको सेवन गर्ने,

–ग्याष्ट्रिकबाट पिडीत भएको व्यक्तिले पुदिना र दालचिनी राखेको चिया पिउनुहोस् ।

–एक गिलास पानीमा एक चम्चा वेकिङ सोडा मिलाएर त्यसमा थोरै नुन र कागती फिटेर सेवन गर्ने ,

–ग्यास्ट्रिकका कारण पेटमा समस्या छ भने स्ट्रबेरीको खाने ,

–ग्यास्ट्रिकले सताएको छ भने सुकुमेल, जीरा, दालचिनी, लसुन तथा अदुवाको सेवन गर्ने,

–कागतीमा हाइड्रोक्लोरिक एसिड हुन्छ, जसले पाचन प्रक्रियालाई सघाउँदछ । त्यसैले यसको सेवन गर्ने,






