
०४ अषाढ २०७६, सोलु/जेपी थुलुङ
सोलुखुम्बुको महाकुलङ्ग गाउँपालिका १ का पुष्पा कुलुङ्ग राईले सहयोगको अपिल गरेकी छिन् ।
महाकुलुङ गाउँपालिका वडा नं १ बुङ्ग स्थाई घर भई हाल काठमाडौंको कपन बस्दै आएकी पुष्पा कुलुङ्ग राईको २ वटै किड्नी फेल भएपछि पीडित राईले आर्थिक सहयोगको अपिल गरेकी हुन् ।
राईको विगत ४ महिना अगाडी नै दुई ओटै टिड्नी फेल भएको अस्पतालले जानकारी दिएको थियो । अस्पतालका अनुसार किड्नी फेर्नका लागी १३ देखी १५ लाख रुपैंया लाग्ने भएकाले पीडित राई र उनका परिवारले सबैमा सहयोगगको अपिल गरेका हुन् ।
हाल काठमाडौंको मेडिकल कलेजमा उपचारार्थ राईको आर्थिक स्थिती अत्यन्तै कमजोर भएकाले सबै आफन्तजन तथा सहयोग माग्ना थालिएको स्थानीय मानसीङ कुलुङले जानकारी दिए ।





