सोताङमा अंग्रेजी भाषा विकास तालिम



०४ अषाढ २०७६, सोलुखुम्बु/जेपी थुलुङ

वीरेन्द्रज्योति मावि सोताङमा ३ दिने अंग्रेजी भाषा विकास तालिम शुरु भएको छ ।

सोताङ गाउँपालिकाको आर्थिक सहयोगमा अंग्रेजी भाषा विकास तालिम आजबाट शुरु भएको हो । पठनपाठन तथा भाषा सिकाईमा गुणस्तर बृद्धि गर्नका लागी सोताङ गाउँपालिका भित्रका अंग्रेजी बिषयका सबै शिक्षकलाई तालिम प्रदान गरिने सोताङ गाउँपालिकाले जनाएको छ ।

वीरेन्द्रज्योति मावि सोताङको सभा हलमा आजबाट शुरु भएको तालिममा सोताङ गाउँपालिका भित्रका सबै बिद्यालयका एकएक जना गरी २१ जना अंग्रेजी विषयका शिक्षकहरुको सहभागीता रहेको छ ।

तालिमको अंग्रेजी शिक्षक टंक दाहाल र हरी बहादुर बस्नेतले सहजीकरण गरेका छन् । सामुदायिक विद्यालयको अंग्रेजी भाषाको शैक्षिक गुणस्तर सुधारका लागी उक्त तालिमको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्