जाजरकोटमा बन्दैछ, आधुनिक अस्पताल



४ असार २०७६,काठमाडौं

भौतिक पूर्वाधारका आभावमा चिरापरेको भवनमा सेवा दिदैँ आएको जाजरकोट अस्पताल अब आधुनिक बन्ने भएको छ ।

अस्पताल निर्माणका लागि विस्तृत योजना प्रतिवेदन (डिपिआर) तयार भएपछि करीब रु. ३३ करोडको लागतमा नयाँ भवन निर्माणका लागि सुर्खेतस्थित शहरी विकास मन्त्रालयको सङ्घीय आयोजना कार्यान्वयन एकाइले जिल्ला अस्पतालको भवनसहित अन्य पूर्वाधार निर्माणका लागि गत सोमबार बोलपत्र आह्वान गरेका हुन् ।

नयाँ भवन निर्माणका लागि कर्णाली प्रदेश सरकारले रु.४९ लाख उपलब्ध गराएकाले निर्माण कार्य जारी रहेको अस्पतालका ब्यवस्थापन समितीका अध्दक्ष धर्मशिला बस्नेतले बताए ।

नयाँ भवन निर्माण कार्य पुरा भईसकेपश्चात सेवा दिन सहज हुने बस्नेतले बताए । उक्त, भवनमा जाजरकोट,रुकुम र डोल्पा जिल्लाको बासिन्दाल सेवा लिदैँ आएका छ ।

प्रतिक्रिया दिनुहोस्