
४ असार२०७६, काठमाडौं
भक्तपुर अस्पतालका कर्मचारीहरुले विभिन्न पेशागत माग राख्दै हिजोबाट बहिरङ्ग सेवा बन्द गराएका छन् ।
उक्त अस्पतालका २४ जना कर्मचारीको मागको सुनुवाई नभएको भन्दै अस्पतालको बहिरङ्ग सेवा बन्दा गरेका हुन् ।
प्रशासन समक्ष पटक–पटक यो सबै माग जानकारी गराउँदासमेत केही प्रतिक्रिया नआएका कारण विकास समितिबाट सञ्चालित २४ जना कर्मचारी मिलेर आन्दोलनमा उत्रेका हुन् ।
आन्दोलित कर्मचारीहरुको माग कमल्याणकारी कोषको १० प्रतिशत, महङ्घी भत्ता, लुगा भत्ता, बिदा र ग्रेडलगायतका सेवा, सुबिधा नियमित रुपमा पाउँनुपर्ने बताएका छन् ।
त्यस्तै, कर्मचारीहरुले आफ्नो मागसंगै अस्पतालमा पनि अन्य सेवाहरु बिस्तार हुनुपर्ने माग समेत राखेका छन् ।
अस्पतालका लागि उनीहरुका मागहरु:
–अस्पतालमा स्वास्थ्य बिमाको औषधी समयमै उपलब्ध गराउनुपर्ने,
–भिटामिन ‘डि’ को परिक्षण सुरु गर्नुपर्ने,
–सुत्केरी अप्रेशन सेवा चौबिस घण्टाको माग हुनुपर्ने,
–पीटीए र एनपीएल सेवाको बिस्तार गर्नेु पर्ने,
–मुटुरोग सम्बन्धी जाँच हुनुपर्ने,
–इण्डोस्कोपी, इको र यूएसजी सेवाका लागि थप सेवाको व्यवस्था गर्नुपर्ने,
–अस्पतालमा खानेपानी तथा सरसफाइको व्यवस्था तत्काल गर्नुपर्ने,





