शरिरका बिकार वस्तुहरु हटाउन खाली पेटमा पानीको सेवन गर्नुहोस्



४ असार २०७६, काठमाडौं

पानी पिउनु स्वास्थ्यको लागि निकै फाईदाजनक छ ।

मानिसको शरिरको दुई तिहाई हिस्सा पानीले बनेको 
हुन्छ ।

त्यसैले,,,,,,

बिहान खाली पेटमा पानी पिउनको फाईदाहरु धेरै छन् ।

जसको प्रमुख फाईदा भनेको पेटको फोहोर बिकारहरु बाहिर निकाल्नु हो ।

त्यस्तै, खाली पेटमा पानी पिउँदा करिब ९० प्रतिशत रोगबाट बच्न सकिन्छ ।

खाली पेटमा पानीको सेवनले हुने फाईदाहरु :

भोक बढाउछ

भोक लागेन भने खाली पेट पानी पिउँँनले तपाईको भोग जाग्छ। बिहान उठ्ने वित्तिकै खाली पेटमा दुई गिलास पानी पिउनुहोस तपाईलाई भोक लागिरहन्छ।

आन्द्रामा फ्लस

खाली पेटमा प्रशस्त पानी पिउँदा पेटका विकार शौचमार्फत जाने र पेट सफा भएपछि यसले पाचन प्रणालीलाई पनि सहयोग गर्ने गर्छ।

टाउको दुख्नबाट बचाउछ

मानिसलाई बारम्बार टाउको दुख्नुको मुख्य कारण प्रर्याप्त पानी नपिउनु हो। तसर्थ बिहान उठ्नेवित्तिकै पानी पिउनु भयो भने यो समस्याबाट मुक्ती मिल्छ।

कोलोन सफा गर्छ

एक गिलास पानी खाली पेट खाँदा कोलोनमा जम्मा भएको लेदो र विकार सफा गरिदिन्छ। कोलोन सफा भएमा शरिरलाई आवश्यक पोषक तत्व शोषण गर्न सहयोग पुयाउछ।

उर्जा बढाउछ

खाली पेट पानी खाँदा रगतका रक्त कोषिकालाई चाँडो बढ्न सहयोग पुयाउछ ।धेरै कोषिकाको बृद्धि हुन्छ त्यति नै धेरै शरिरमा अक्सिजन प्रबाह हुन्छ। यसको अर्थ तपाईमा एक प्रकारको उर्जा मिल्छ।

अनुहारको छालामा चमक ल्याउछ

खाली पेट प्रशस्त पानी पिउँदा अनुहारको चमक बढाउछ। शरिरमा जति बढी विकार र उत्तेजित तत्व हुन्छ त्यति नै तपाईको अनुहारको छाला नराम्रो बनाउछ। तर प्रशस्त पानी खाँदा विकार हट्ने भएकोले अनुहारको सुन्दरतामा निखार आउछ।

रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्छ

समग्र स्वास्थ्यको लागि पानी नभई नहुने तत्व हो। शरिरमा तरल पर्दाथको सन्तुलनका लागि पनि पानी नभई हुदैन। दिनहुँ खाली पेटमा पानी खाँदा रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्छ। तपाईको रोग प्रतिरोधात्मक क्षमता बलियो भएमा तपाईलाई कुनै पनि प्रकारका रोग लाग्दैन।

शरिरका विकार फालिदिन्छ

तपाई बाथरुम जाँदा शरिरका उत्तेजित र विकारलाई बाहिर फालिदिनुुहुन्छ। जतिधेरै पानी पिउनुहुन्छ त्यति धेरै विकार शरिरबाट फाल्न सहयोग पुग्छ।

प्रतिक्रिया दिनुहोस्