जान्नुहोस्!! गर्मी मौसममा लाग्ने रोग, यसबाट तथा बच्ने उपायको बारेमा



पछिल्लो समयमा  दिनप्रतिदिन एकदमै बढी मात्रामा गर्मी बढिरहेको छ ।

बढिरहेको गर्मी सँग–सँगै जीवनशैली, खानपानमा निकै नै ध्यान पुर्याएर मात्रै जिउने, सेवन गर्नु राम्रो हो ।

किनभने, गर्मीको समयमा आफै सचेत भएनौं, भने विभिन्न रोगहरुले आक्रमण गर्दछ ।

गर्मीमा धुलो तथा अन्य प्रदुषणले स्वस्थ्यामा त्यत्तिकै असर पुर्याईरहेको हुन्छ ।

जसकारण हामीले आफनो स्वाथ्यमा पनि उत्तिकै ध्यान दिन आवश्यक छ ।

दिनप्रतिदिन गर्मी बढेसंगै कस्तो खानपान गर्ने ? कसरी गर्मी रोगको संक्रमणबाट बच्ने ?

यस्तै, विभिन्न प्रश्नहरु तपाईको मनमा खेलिरहेको छ भने, तपाईको जिज्ञासालाई मेटाउन हामीले बौद्धस्थित ‘स्तुपा कम्यूनिटी हस्पिटल’का फिजिसियन डा. सौरभ हमालसँगको यो संबाद !

यो जानकारी तपाईहरुको लागि!

गर्मी समयमा हामीले आफ्नो स्वास्थ्यप्रति आफैले नै ध्यान राख्ने गर्नुपर्दछ ।

डा. हमाल भन्छन्, ‘मौसमी रोगबाट बच्नका लागि पर्याप्त मात्रामा चिसो पानी पिउँने, वातावरण अनुकूल्तमा बस्ने, चिसोमा नबस्ने गर्नुपर्दछ ।’

–गर्मीयाममा हामीलाई लाग्ने रोगको बारेमा धेरै भन्दा धेरै जानकारी लिने गर्नुपर्दछ ।

यो समयमा हामीलाई खानपानबाट पनि विभिन्न रोगहरुले आक्रमण गरिरहेको हुन्छ ।

फिजिसियन हमाल भन्छन् , गर्मी समयमा सफा खानेकुराहरु खाने, पर्याप्ता मात्रामा पानी पिउँने, खरबुजा,काँक्रो, मेवा, नरिवलको रस जस्ता खानेकुराहरु खाने गर्नुपर्दछ ।

गर्मी याममा पानी उमालेर पिउँदा ८० प्रतिशत सम्भावित रोगबाट बच्न सकिन्छ ।

गर्मी याम नै भएपनि विहान चाँडै उठ्ने व्यायम गर्न गर्नुपर्छ । जसले शरिरलाई फाईदा पुग्नका साथै स्वस्थ पनि रहन मदत गर्छ ।

त्यस्तै, राती सुत्दा यो गर्मी मौसममा भुसुना,उडुस,उपियाँ, लामखुट्टेको टोकाईले जस्ता रोग लाग्ने भएकाले झुलको प्रयोग गरेर मात्रै सुत्ने गर्नुपर्दछ ।

गर्मीयामसँगै जीवनशैली पनि परिवर्तन गर्नुपर्न हुन्छ ।

त्यसैले……

यो समयमा हलुकको खुकुलो लुगा लगाउने, घामबाट आँखाको सुरक्षाको लागि सनग्लासको प्रयोग गर्ने,बाहिर हिड्दा छाता ओढेर मात्रै हिड्ने, छालाको लागि सनईस्क्रिन क्रिमको प्रयोग गर्ने गर्नुपर्दछ ।

डा.हमालका अनुसार, ‘गर्मी छ भनेर जताततै बाहिरतिर राखिएको खानेकुरा खानुहुँदैन । चिल्लो, सुख्ख खानेकुरा, फास्टफुट, कोल्ड ड्रिङ्क, स्ट्रिट फुड, जंक फूड, स्पाइसी फूड जस्तो खानेकुराहरु खानुहुँदैन ।’

गर्मी मौसममा जुन रोगले आक्रमण गर्दछन् ।

वाकवाकी लाग्ने, टाउको दुख्ने, रिंगटा लाग्ने, बेहोस हुने ,ज्वरो आउने, मांशपेशीको दुखाई , पातलो दिशा पटक–पटक जाने,जस्तो रोगहरुले लाग्दछ ।

नखानुहोस् यस्तो खानेकुरा

–बजारमा राखिएको फलफुल नधाई नखाने,

–पानी उमालेर पिउँने,

–खानेकुरा थोर–थारै खाने,

–बरफ नखाने,

–गुलियो नखाने,

प्रतिक्रिया दिनुहोस्