डडेल्धुरा अस्पतालले सुरक्षाकर्मीको साथमा आजबाट सेवा सुचारु



२ असार २०७६, काठमाडौं

डडेल्धुरा अस्पतालका डाक्टरहरुले सुरक्षाकर्मीको घेराभित्र रहेर बिरामीलाई उपचार सेवा दिन सुरु गरेका छन् ।

आफुहरु असुरक्षा भएको भन्दै सामूहिक राजीनामा दिन लागेका चिकित्सकहरुले आजबाट सेवा सुरु गरेका हुन् ।

अमरगढी नगरपालिकास्थित २६ वर्षिय गिता ताम्राकार सुत्केरी भएको १४ दिनसम्म पनि रक्तश्राव नरोकिएपछि डडेल्धुरा अस्पताल ल्याइएको थियो ।

उपचारको क्रममा सुत्केरीकोे मृत्यु भए पश्चात आफन्तहरु आन्दोलनमा उत्रिएका हुन् ।

चिकित्सकको लापारवाहीले सुत्केरीको मृत्यु भएको भन्दै आफन्तहरुले अस्पताल तोडफोड समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्