डेंगु परीक्षण कीटमा बढी मूल्य लिनेलाई कडा कर्बाही



२ असार२०७६, काठमाडौं

स्वास्थ्य तथा जनसंख्य मन्त्रालयले डेगु परिक्षणमा प्रयोग हुने टेस्ट किटमा बढी मुल्य लिने मेडिकल तथा अस्पताललाई कार्बही गर्ने चेतावनी दिएको छ ।

केही समयदेखी पूर्वि नेपालमा फैलिएको डेगु परिक्षणको क्रममा पूवेका अस्पताल लगाएत मेडिकल कलेजहरुले ४ सय रुपैयाँ पर्ने परीक्षण टेस्ट कीटलाई १८ सयदेखि २४ सयसम्म लिने गरेको गुनासो आएको हो ।

उक्त, गुनासो पश्चात स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले विज्ञप्ति जारी गरी बढी मूल्य लिइएको पाइएमा कारबाही हुने बताएका हुन्।

त्यस्तै, टेस्ट कीटलाई सुपथ मूल्यमा उपलब्ध गराउन सम्बिन्धित निकायलाई निर्देशन दिएका छन्।

प्रतिक्रिया दिनुहोस्