गर्मी मौसममा अनुहारलाई सुन्दर राख्ने उपायहरु



२ असार २०७६ काजठमाडौं

गर्मी बढेसंगै हामी हाम्रो अनुहारको पनि उत्तिकै ख्याल राख्नुपर्ने हुन्छ ।

मान्छेलाई स्वस्थ सँग–सँगै राम्रो भएर सुन्दर भएर घुम्न,रमाइलो गर्न सबैलाई मन पर्ने कुरा हो ।

सुन्दर मान्छे सबैलाई मन पर्छ ।

गर्मीमा अनुहारको निकै नै ख्याल राख्नुपर्ने हुन्छ ।

त्यसैले, गर्मी समयमा आफ्नो अनुहारको कसरी ख्याल राख्ने भनेर यो जानकारी तपाईहरुको लागि!

–अनुहार राम्रो राख्न अनुहारको प्रकृति अनुहारको डे, नाइट क्रिम प्रयोग गर्नुका साथै गर्मीमा सन ब्लक क्रिमको प्रयोग गर्ने ।

–अनुहारको रोम छिद्रमा फोहोर जम्मा हुने भएकाले बेला–बेलामा क्लिन्जिङ गर्ने।

–घरमै पनि अनुहारलाई सफा राख्ने उपाय अपनाउन सकिन्छ। जस्तोः दहिले क्लिन्जङको काम गर्छ। काँक्रो, मेवाको लेप बनाएर पनि प्याकको रुपमा अनुहारमा प्रयोग गर्ने।

–अनुहारमा चाउरीपना भए केरा, बन्दागोभी मिक्स गरी यसको प्याक बनाएर अनुहारमा लगाउँने

–अनुहारमा स–साना दाग भए बेसार, कागतिको रस, दुधको तर राखि प्याक बनाएर अनुहारमा लगाउने ।

–जौँको पिठोलाई स्क्रबको रुपमा पनि प्रयोग गर्न ।

प्रतिक्रिया दिनुहोस्