डडेलधुरा अस्पतालमा ओपिडी सेवा सुरु



२ असार २०७६, काठमाडौं

डडेलधुरा अस्पतालमा सामूहिक ओपिडी सेवा सुरु आजबाट भएको छ ।

चिकित्सकले सुत्केरी उपचारमा सामूहिक लापारबाही गरेको कारण मृत्यु भएको भन्ने आरोप लगाएपछि अस्पताल बन्द गरेको हो ।

त्यसपछि, आफुहरु असुरक्ष भएको महसुष गरेपश्चात सामूहिक राजिनाम दिने हदसम्म पुगेका चिकित्सकहरु सरोकारवालाको आश्रासनपछि काममा फर्किएका हुन् ।

अस्पतालमा उत्पन्न भएको समस्यपछि स्वास्थ्य मन्त्रालयको छानबिन टोली पनि त्यहाँ पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्