सांसद जीवनरामद्वारा सामुदायिक विद्यालयको अवसर र चुनौती बारे छलफल



०१ असार २०७६, काठमाडौं

सांसद जीवनराम श्रेष्ठको पहलमा काठमाडौं निर्वाचन क्षेत्र नं ८ अन्तर्गतका १८ वटा सामुदायिक विद्यालयहरुका प्रधानाध्यापक र संचालक समितिका अध्यक्ष र जनप्रतिनिधिहरुको उपस्थितिमा विद्यालयको सवल/दुर्वल पक्ष, अवसर, चुनौती, रणनीतिहरु र विकासका लागि जनप्रतिनिधिहरुबाट गरिएको अपेक्षा विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

छलफलमा विभिन्न विद्यालयका प्रधानाध्यपकहरुले विद्यालयको अवस्थाका बारेमा प्रस्तुत गरेका थिए । व्यवस्थापन समितिको तर्फबाट प्रयाग राज सुवाल लगायतले आफ्ना विचार राखेका थिए ।

त्यस्तै नागर्जुन नगरपालिका वडा नं ४ का वडाध्यक्ष करुण वलामी र ५ का महेश रिमाल तथा काठमाडौं महानगरपालिका शिक्षा विभागका निमित्त प्रमुख तारापती खरेलले समेत आ-आफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रमको सभापति काठमाडौं महानगरपालिका वडा नं १५ का वडाध्यक्ष एवं महानगरका प्रवक्ता ईश्वरमान डंगोलले रहेका थिए भने संचालन वडा सदस्य आनन्द गौतमले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्