रिगंटा लाग्यो, अपनाउनुहोस् यस्तो उपायहरु



१ असार २०७६, काठमाडौं

दिनप्रतिदिन गर्मी बढेसंगै विभिन्न जीवनशैलीसँगै खानपानले  हाम्रो शरिरमा अनेक किसिमका रोगहरुले आक्रमण गरिरहेको हुन्छ ।

त्यस्तै, कतिपयलाई बेला–बेलामा रिंगटा लाग्ने समस्य हुन्छ ।

तर हामी यो कुरालाई साधरण लिन्छौँ ,र तत्काल उपचारको लागि अघि सर्दैनौँ ।

जुन रोगलाई हामी साधरण भने कहिल्यै लिनुहुँदैन, किनकि रिंगटा लाग्नु रगतको कमी भएमा, डर लागेमा, अनि प्रेशर लेभलमा नभएको खण्डमा पनि रिंगटा लाग्न सक्छ ।

रिंगटा लाग्दा देखिने लक्षणहरु

–टाउको घुम्नु,

–शरीर हल्लिएको अनुभव हुनु,

–आँखाको अगाडि अँध्यारो छाउनु,

–अनुहार फिक्का र शरीर चिसो हुनु,

–कमजोर भई चक्कर लागेर लड्नु,

–शरीर शून्य हुनु,

–उल्टी आउनु, कान बज्नु,

–बोल्न कठिनाइ हुनु

के खाने

– समयमै खाना खाने ।

– एक गिलास दूध वा पानीमा ग्लुकोज मिसाएर पिउने ।

– गर्मी भएमा अमलाको सर्वत पिउने ।

– एक चम्चा तुलसीको रसमा २ वटा मरिच पिँधेर बिहानबेलुका खाने ।

के नखाने

– रक्सी, खैनी, नशालु पदार्थ नखाने ।

– एलोपेथिक औषधि आफ्नो इच्छाले नखाने ।

– अत्याधिक खाना नखाने ।

के गर्ने

– रिँगटा लाग्ने बित्तिकै बस्ने ।

– सुविधा भएमा ओछ्यानमा सुत्ने र आँखा बन्द गर्ने ।

– निद्रा लाग्यो भने पर्याप्त सुत्ने ।

– नियमित व्यायाम गर्ने र बिहान घुम्न जाने ।

– मधुमेह नियन्त्रणमा राख्ने, एनिमियाको उपचार गर्ने ।

– टाउकोमा बदामको तेलले मालिस गर्ने ।

– आँखा कमजोर भए उचित चस्मा लगाउने ।

– फिजियोथेरपिस्टसँग सिकेर सधैं कसरत गर्ने ।

के नगर्ने

– एक्लै घुम्न नजाने ।

– अग्लो, होचो, अँध्यारो, चिप्लो बाटोमा नहिँड्ने ।

– चिया, चुरोट र बिंडी नखाने ।

– साइकल, स्कुटर, कार नचलाउने ।

– बार्दलीलगायत कुनै अग्लो ठाउँबाट तल नहेर्ने ।

– कठिन शारीरिक या मानसिक परिश्रम नगर्ने ।

– आगो या पोखरीबाट टाढै रहने ।

– खोला नतर्ने ।

 

प्रतिक्रिया दिनुहोस्