
१ असार २०७६, काठमाडौं
दिनप्रतिदिन गर्मी बढेसंगै विभिन्न जीवनशैलीसँगै खानपानले हाम्रो शरिरमा अनेक किसिमका रोगहरुले आक्रमण गरिरहेको हुन्छ ।
त्यस्तै, कतिपयलाई बेला–बेलामा रिंगटा लाग्ने समस्य हुन्छ ।
तर हामी यो कुरालाई साधरण लिन्छौँ ,र तत्काल उपचारको लागि अघि सर्दैनौँ ।
जुन रोगलाई हामी साधरण भने कहिल्यै लिनुहुँदैन, किनकि रिंगटा लाग्नु रगतको कमी भएमा, डर लागेमा, अनि प्रेशर लेभलमा नभएको खण्डमा पनि रिंगटा लाग्न सक्छ ।
रिंगटा लाग्दा देखिने लक्षणहरु
–टाउको घुम्नु,
–शरीर हल्लिएको अनुभव हुनु,
–आँखाको अगाडि अँध्यारो छाउनु,
–अनुहार फिक्का र शरीर चिसो हुनु,
–कमजोर भई चक्कर लागेर लड्नु,
–शरीर शून्य हुनु,
–उल्टी आउनु, कान बज्नु,
–बोल्न कठिनाइ हुनु
के खाने
– समयमै खाना खाने ।
– एक गिलास दूध वा पानीमा ग्लुकोज मिसाएर पिउने ।
– गर्मी भएमा अमलाको सर्वत पिउने ।
– एक चम्चा तुलसीको रसमा २ वटा मरिच पिँधेर बिहानबेलुका खाने ।
के नखाने
– रक्सी, खैनी, नशालु पदार्थ नखाने ।
– एलोपेथिक औषधि आफ्नो इच्छाले नखाने ।
– अत्याधिक खाना नखाने ।
के गर्ने
– रिँगटा लाग्ने बित्तिकै बस्ने ।
– सुविधा भएमा ओछ्यानमा सुत्ने र आँखा बन्द गर्ने ।
– निद्रा लाग्यो भने पर्याप्त सुत्ने ।
– नियमित व्यायाम गर्ने र बिहान घुम्न जाने ।
– मधुमेह नियन्त्रणमा राख्ने, एनिमियाको उपचार गर्ने ।
– टाउकोमा बदामको तेलले मालिस गर्ने ।
– आँखा कमजोर भए उचित चस्मा लगाउने ।
– फिजियोथेरपिस्टसँग सिकेर सधैं कसरत गर्ने ।
के नगर्ने
– एक्लै घुम्न नजाने ।
– अग्लो, होचो, अँध्यारो, चिप्लो बाटोमा नहिँड्ने ।
– चिया, चुरोट र बिंडी नखाने ।
– साइकल, स्कुटर, कार नचलाउने ।
– बार्दलीलगायत कुनै अग्लो ठाउँबाट तल नहेर्ने ।
– कठिन शारीरिक या मानसिक परिश्रम नगर्ने ।
– आगो या पोखरीबाट टाढै रहने ।
– खोला नतर्ने ।





