‘सुरक्षित रगत सबैका लागि’ नारासहित विश्व रक्तदान दिवस मनाईदै



३१ जेठ २०७६, काठमाडौं

विश्व रक्तदान दिवस नेपालमा पनि विभिन्न कार्यक्रमका साथमा शुक्रबार मनाईदै  छ ।

प्रत्येक वर्ष १४ जुलाईमा मनाईने दिवस  नेपालमा पनि आज ‘सुरक्षित रगत सबैका लागि’ भन्ने मुल नारासहित  मनाईदै छ ।

रक्तदान दिवसका अवसरमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले रक्तदानसहितको कार्यक्रम आयोजना गर्नुको उदेश्य रक्तदानको महत्त्वबारे जानकारी  दिनका लागि प्रभातफेरी आयोजना गरेको हो ।

उक्त, कार्यक्रममा डा.रुना झाले नेपालको कुल जनसंख्याको २ प्रतिशतको नियमित रुपमा रक्तदान गरेको खण्डमा सुलभ रुपमा रगत उपलब्ध हुने बताइन् ।

‘सुरक्षित रगत सबैका लागि’ नारासहित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुबाट सुरु भएको प्रभातफेरी त्रिपुरेश्वर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हुँदै पुनः प्रयोगशालामा पुगेर समापन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्