स्मरणशक्ति बढाउनुहोस्,जसका लागि अपनाउनुहोस् यस्तो उपायहरु



३१ जेठ २०७६, काठमाडौं

उमेर ढल्किदै गएसँगैं स्मरणको क्षमता कमजोर हुँदै गएको कारण कतिपय कुराहरु स्मरण गर्नलाई एकदमै गाह्रो हुन्छ ।

जस्तैः औषधी खान भुल्छौँ, के गर्छु भनेको कामलाई बिर्सिएर अर्कातिर लागिरहेको हुन्छौं । ठिक ढंगले कुनै पनि काम गरिरहेको हुँदैनौं ।

कारण…..

हाम्रो स्मरण शक्तिको ह्रास आईदिन्छ । जसले मानसिक समस्य नभएर डिप्रेशनमा पुर्याउने सम्भावनामा पुर्याईदिन्छ ।

त्यसैले, यो अवस्थामा जीवनशैली सँग–सँगैं  पोषिलो खानपानमा निकै ध्यान दिनुपर्ने हुन्छ ।

यस्तै, रोगको तनावमा हुनुहुन्छभने यस्तो खानेकुरा खानुहोस्,

माछा


मानिसको मस्तिष्कको करिब ६० प्रतिशत भाग बोसोले बनेको भएकाले मस्तिष्कलाई सक्रिय बनाउन पनि फैटी एसिडको आवश्यकता पर्छ ।

माछामा ओमेगाा ३ फैटी एसिड भरपूर मात्रामा पाईने भएकाले मस्तिष्यकलाई तेजिलो बनाउँछ ।

ओख्खर

ओख्खरमा ओमेगा ३ फैटी एसिड अत्याधिक मात्रामा पाईने भएकाले मिागलाई तेजिलो बनाउँछ ।

ग्रीन टी

ग्रीन टीमा पोलिफिनोल तत्व पाईने भएकाले स्मरण शक्ति अझै बढाउँछ । दैनिक दुई कप ग्रीन टी नियमित सेवनले स्मरण शक्ति बढाउनछ

टमाटर

एन्टीअक्सिडेन्ट तथा लाइकोपिनले भरपूर टमाटरले मस्तिष्कको शक्ति बढाउँछ ।

फ्री रेडिकलले दिमागलाई हानी पुर्‍याउँछ ।दैनिक टमाटरको सेवनले फ्री रेडिकलको समस्या हटेर जान्छ । जुनसुकै ठाउमा पाइने टमाटरलाई तरकारी, सलाद तथा अचारमा पनि प्रयोग गर्न सकिन्छ ।

पालुङ्गो

पालुङ्गोमा पोटासियम पाईनगे भएकाले यसले मस्तिष्कको कोशिकामा राम्रो सम्पर्क बनाउँनका साथै सोच्ने तथा याद राख्ने शक्ति बढाउँछ । त्यत्ति मात्रै नभएर पालुङ्गोमा एन्टीअक्सिडेन्ट बाहेक म्याग्निसियम, फोलेट, भिटामिन ‘ई’ तथा भिटामिन ‘के’ पाइन्छ,

बदाम

बदाममा भिटामिन ३ प्रचुरमात्रामा पाईने भएकाले मस्तिष्कमा फाइदा पुर्‍याउँछ साथै याद दास बढाउन मद्दत गर्छ ।

प्रतिक्रिया दिनुहोस्