रक्तदान गर्नुहोस्,स्वस्थ बन्नुहोस् एकचोटि अवश्य पढ्नुहोस्



धेरैे मान्छेहरुमा रक्तदान गरेपछि शरिर कमजोर हुने डर हुन्छ ।

तर त्यस्तो केही हुँदैन ।

महादान मानिने रक्तदानले शरिरको आश्चर्यजनक फाईदा गर्छ ।

सामान्तयाः १६ बर्ष  उमेर पुगेका र ५० किलोग्राम भन्दा बढी तौल भएका व्यक्तिहरुले रक्तदान गर्ने योग्यको मानिन्छ ।

जान्नुहोस्, रक्तदानका फाईदाहरु

–मुटुका लागि फाइदाजनक

रक्तदान मुटुका लागि राम्रो मानिन्छ। नियमित समयको अन्तरमा रक्तदान गर्ने हो भने शरीरमा आइरनको मात्रा सन्तुलित रहन्छ भने रक्तदातालाई हृदयाघातको खतराबाट पनि टाढा राख्छ। रक्तदान गर्दा रगत पातलो हुन्छ, जो मुटुका लागि फाइदाजनक मानिन्छ।

–नयाँ रक्तकोशिका बन्छ

शरीरलाई स्वस्थ राख्न नयाँ रक्तकोशिकाको महत्वपुूर्ण भुमिका हुन्छ। नियमित रुपमा रक्तदान गर्नाले शरीरमा नयाँ बन्ने रगत स्वास्थ्यका लागि फाइदाजनक हुन्छ।

–क्यालोरी खपत हुन्छ

एक पिन्ट रक्तदान गर्दा शरीरबाट ६५० क्यालोरी खपत हुन्छ। यसले तौल नियन्त्रण गर्न मद्दत गर्छ। यदि नियमित रुपमा रक्तदान गर्नुहुन्छ भने मोटोपनाबाट तनाव लिनुपर्दैन।

–क्यान्सर हुने खतरा कम हुन्छ

क्यान्सरजस्ता खतरनाक रोगबाट बचाउका लागि नियमित रुपमा रक्तदान गर्नुपर्छ। नियमित रक्तदान गर्नाले क्यान्सर र अन्य खालका रोग लाग्ने खतरा कम हुन्छ। किनभने रक्तदान गर्दा शरीरमा रहेको विषाक्त पदार्थ बाहिर निस्कन्छ।

–निःशुल्क चिकित्सा जाँच

शरीरको नियमित जाँच गराउनाले विभिन्न रोग लाग्न पाउँदैंन। यो अवसर रक्तदानका बेला निःशुल्क मिल्छ। रक्तदाताको तौल, रक्तचाप, हेमोग्लोबिन र ब्लड ग्रूपको परीक्षण गरिन्छ। रक्तदानपछि एचआइभी, मलेरिया, भीडीआरएल तथा एन्टीबडीजस्ता परीक्षण गरिन्छ।

प्रतिक्रिया दिनुहोस्