स्वस्थ राख्नुहोस् आँखा, अपनाउनुहोस् यस्तो उपायहरु



३१ जेठ २०७६, काठमाडौं

आँखा संसारलाई हेर्ने ज्याति हो ।

संसारलाई ह्र्ने आँखा एकदमै महत्वपूर्ण हुन्छ ।

आँखाबिनाको संसार केवल अन्धकार मात्रा हो ।

जुन संसार सोच्न पनि सकिदैन।

त्यसैले, मानिसहरु आफनो आँखालाई लिएर निकै सचेत हुन्छन् ।

पछिल्लो समय व्यस्त जीवनशैली संगै गलत खानपानले गर्दा प्रायः सबैको आँखा कमजोर हुँदै गईरहेको दखिन्छ ।

यो संसारमा जत्ति पनि आँखा गुमाएका मानिसहरुमो एउटै मात्र सपना हुन्छ – संसार देख्ने

त्यसैले, आँखाको हेरचाह गर्न निकै आवश्यक छ ।

आँखालाई कसरी हेरचाह गर्ने भन्ने चिन्तनमा हुनुहुन्छ भने , यो जानकारी तपाईहरुको लागिः

–बिहान मुख धुँदा नियमित सफा पानीले ३/४ पटक आँखा छ्याप्ने,

–सुर्यको अल्ट्राभाइलेट किरण र अन्य प्रदुषणले आँखा असर पर्ने भएकाले बाहिर निस्कदाँ सुरक्षित आइलाग्स लगाउने ।

–अनिदो बस्नाले आँखामुनि कालो घेरा बसेपछि आँखाको रोशनी धोलिन थाल्छ ।

त्यसैले आँखालाई स्वस्थ राख्न पुरै समय उठ्ने र सुत्ने बानी बसालौं

बाहिरी प्रदूषणले अनुहार र आँखाको कोष धुलाम्मे भएपछि अधिकांशले घर पुगे लगात्तै आँखामा पानी छ्याप्ने बानी राम्रो होईन ।

यस्तो गर्नु हुँदैन, किनभने आखाँमा पानी छ्याप्दा धूलो आँखाभित्र जाने सम्भावना बढी हुन्छ र अझ आँखालाई खतरा हुन सक्छ

–आँखा सुक्खा बनेको अवस्थामा पानीले हल्कासँग भिजाउँने,

–कम्प्युटर–ल्यापटपमा लामो समय निरन्तर नबस्ने,

–टेलिभिजन पनि निरन्तर लामो समय सम्म नहेर्ने,

–हरेक व्यक्तिले वर्षको एकपटक आँखा जँचाउने,

–पानी पर्याप्त पिउने,

–सिजनअनुसार हरियो सागपात, माछा–मासु, दूध र गेडागुडीमा जोड दिने,

प्रतिक्रिया दिनुहोस्