
३० जेठ २०७६, काठमाडौं
कुनै समय मधुमेह रोगलाई खानदानी व्यक्तिलाई लाग्ने रोग भनेर चिनिन्थ्यो ।
जसको तात्पर्य, बसी–बसी बस्ने, मिठो मसिनो खाने, शारिरीक श्रम नगर्ने व्यक्तिलाई लाग्ने रोग हो ।
मधुमेहलाई साधरण भाषामा वुझ्दा रगतमा गुलियोपन एवम सुगरको मात्र बढी भएपछि देखिने रोग हो ।
तसर्थ, मधुमेहबाट छुटकार पाउन हामीले दैनिक खाने खानपानलाई संगै जीवनशैलीलाई परिवर्तन गर्न आवश्यक छ ।
जुन रोगको लागि ‘योगा’ गर्न पनि त्यत्तिकै महत्वपुर्ण पाटो हो ।
त्यसैले, यो जानकारी तपाईहरुको लागि !
– मधुमेह जस्ता दीर्घ रोगको सबैभन्दा उत्कृष्ट समधान हो, पैदल यात्रा – बिहान चिसो र स्वच्छ हावामा छिटो छिटो पैदल हिँड्नु राम्रो एक्दमै राम्रो मानिन्छ ।
– बिहानको स्वच्छ हावामा योग गरौं ।
–जथाभावी योग गर्नु उचित मानिदैन ।
– नियमित प्रणयाम गर्नु अति आवश्यक छ । यसले श्वासप्रश्वास प्रक्रियालाई चुस्त बनाउँछ । रक्त संचार प्रवाहमा सहयोग गर्छ । अनुलोम विलोम लगायतका विधी अपनाएर दीर्घ रोगको असर कम गर्न सकिन्छ ।





