
३० जेठ २०७६, काठमाडौं
ओम अस्पतालमा पित्तथैलीको अप्रेशनपश्चात एक बिरामीको मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको छ ।
लापरबाहीको कारण मृत्यु भएको भन्दै बिरामीका आफन्तले घटनाको विषयमा उचित छानबिन गर्दै दोषीलाई कारबाही र क्षतिपूर्तीको माग राखि अस्पताल परिसरमा नाराबाजी गरेका छन् ।
विहिबार विहान सिन्दुपाल्चोकस्थित पचास वर्षिय रामप्यारी थापाको उपचारको क्रममा मृत्यु भएको हो ।
उक्त, अस्पतालका मेडिकल डाईरेक्टर डा.केपी देवकोटाले उपचारका क्रममा कुनै लापरबाही नभएको र केस पहिलेदेखि नै कम्प्लिकेटेड भएको बताए ।
उनले भने, अस्पतालले उहाँलाई सकेसम्म बचाउने र राम्रो उपचार सेवा दिएको हो, तर दुर्भाग्य डाक्टरहरुले प्रयास गर्दा पनि बचाउन सकेनन्।





