घटाउनुहोस् पेटको बोसो, जसका लागि जान्नुहोेस् यी उपायहरु



३० जेठ २०७६, काठमाडौं

मोटो भएको प्रायः सबैलाई मन पर्दैन ।

त्यसमा पनि पेटमा बोसो भनेको प्रायः सबैको शत्रु नै हो ।

‘वैज्ञानिकहरुको भनाई अनुसार, तौल बढ्यो भन्दैमा अस्वस्थ नै हुन्छ भन्ने छैन तौल भएका व्यक्तिहरु पनि स्वस्थ रहन सक्छन् ।’

त्यसैले, मानिसहरु आफ्नो शरिरको मोटोपनदेखी दिक्क मानेर बजारमा पाईने अनेकौ उपायहरु गर्न थाल्छन् ।

तर…..

बजारमा पाईने प्रायः जसो उत्पादनमा केमिकलको प्रयोग भएकाले नकरात्मक असर पुर्याइरहेको हुन्छ ।

‘बढिरहेको मोटोपनलाई घटाउनको लागि प्राकृतिक तरिका अपनाउन लाभदायक हुन्छ ।’

–स्याउ


स्याउमा पोटासियम पाईने भएकाले बढिरहेको बोसोलाई घटाउनका साथै धेरै बेरसम्म भोक लागेको अनुभव हुँदैन ।

–ग्रीन टी

ग्रीन टीमा क्याटेचिन्स नामक यौगिक पाईने भएकाले शरिरका अतिरिक्त बोसोलाई कम गर्न सहयोग गर्दछ ।

–लसुन


लसुनले शरिरमा ती हर्मोनलाई सक्रिय गर्न काम गर्दछ जसले बोसोलाई जम्मा हुन दिँदैन । आफ्नो खानामा लसुनलाई समावेश गरेर हेर्नुहोस् ।

–केरा


तपाईंलाई फास्ट फूड खाने लत लागेको छ तर खान छोड्न चाहनुहुन्छ भने आज देखि नै केरा खान सुरु गर्नुहोस् । केरामा भरपुर मात्रामा पोटासियम पाइन्छ । यसले फास्ट फूडको लतलाई कम गर्दछ जसले तौल कम गर्न सहयोग गर्दछ ।

–पुदीना


एक कप मनतातो पानीमा पुदीनाका केही पात हाल्नुहोस् । तपाईं चाहनुहुन्छ भने यसमा केही मह पनि मिसाउन सक्नुहुन्छ । पेटको बोसो कम गर्न पुदीना यो उपाय निकै प्रभावकारी हुन्छ ।

नोटः मोटोपन घटाउनका लागि  खानामा कार्बोहाइड्रेटको मात्रा घटाउनुहोस्  प्रोटिनको मात्र बढाउनु सबैभन्दा उत्तम हून्छ ।

प्रतिक्रिया दिनुहोस्