स्वास्थ्यमा पानीको महत्व, के–के मिसाएर पिउँन आवश्यक हुन्छ, अवश्य पढ्नुहोस्



२९ जेठ २०७६, काठमाडौं

पानी पिउँनु स्वास्थ्यको लागि फाइदाजनक मानिन्छ ।

हाम्रो शरिरको दुई तिहाई हिस्सा पानीबाट बनेको हुन्छ ।

दिनमा १० देखी १२ गिलास पानी पिउँदा शरिरलाई रोग मुक्त गर्न सकिन्छ ।

त्यसैले, स्वास्थ्यको लागि निकै लाभदायिक रहेको छ ।

फरी…….

जुन पानी जथाभावी पिउँनले शरिरलाई नकरात्मक असर हुन्छ ।

पानी पिउँदा सधैं बिस्तारै एक एक घुट्को गर्दै पानी पिउनुपर्छ

पानी पिउँदा यस्तो चीजहरु मिसाएर पिउँनुहोस् ।

–अदुवा

अदुवामा जिंक हुन्छ । बिहान खाली पेट एक गिलास पानीमा एक चुटकी अदुवाको धूलो हालेर पिउँदा मेटाबोलिजम बढ्छ । पेटमा ग्यास पनि जम्न पाउँदैन ।

–जीरा, धनिया र सूप

यी तीनै कुराका पाँच पाँच दाना एक कप पानीमा हालेर उमाल्नुस् । अनि यो उम्लेको मिश्रणका थोपा प्रत्येकचोटि पानी पिउँदा प्रयोग गर्नुस् । यसले स्वाद पनि राम्रो बनाउँछ र पानी पनि सजिलै पच्छ ।

–अलैंची र पुदिना

गर्मीमा पानीमा अलैंची र अलिकति पुदिनाका पातहरू मिसाएर पिउनुस् । पुदिनाको चिया वा चीसो पानीमा पुदिना हालेर पिउँदा लूबाट बच्न सकिन्छ । पुदिनाले पेटको समस्या पनि हटाउँछ ।

–मह

पानीमा आधी चम्चा मह हालेर पानी पिउँदा तौल घट्छ । मह स्वास्थ्यका लागि लाभदायक छ । यसले कफ र खोकी पनि ठीक पार्छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्