
२९ जेठ २०७६, काठमाडौं
पानी पिउँनु स्वास्थ्यको लागि फाइदाजनक मानिन्छ ।
हाम्रो शरिरको दुई तिहाई हिस्सा पानीबाट बनेको हुन्छ ।
दिनमा १० देखी १२ गिलास पानी पिउँदा शरिरलाई रोग मुक्त गर्न सकिन्छ ।

त्यसैले, स्वास्थ्यको लागि निकै लाभदायिक रहेको छ ।
फरी…….
जुन पानी जथाभावी पिउँनले शरिरलाई नकरात्मक असर हुन्छ ।
पानी पिउँदा सधैं बिस्तारै एक एक घुट्को गर्दै पानी पिउनुपर्छ ।
पानी पिउँदा यस्तो चीजहरु मिसाएर पिउँनुहोस् ।
–अदुवा

अदुवामा जिंक हुन्छ । बिहान खाली पेट एक गिलास पानीमा एक चुटकी अदुवाको धूलो हालेर पिउँदा मेटाबोलिजम बढ्छ । पेटमा ग्यास पनि जम्न पाउँदैन ।
–जीरा, धनिया र सूप

यी तीनै कुराका पाँच पाँच दाना एक कप पानीमा हालेर उमाल्नुस् । अनि यो उम्लेको मिश्रणका थोपा प्रत्येकचोटि पानी पिउँदा प्रयोग गर्नुस् । यसले स्वाद पनि राम्रो बनाउँछ र पानी पनि सजिलै पच्छ ।
–अलैंची र पुदिना

गर्मीमा पानीमा अलैंची र अलिकति पुदिनाका पातहरू मिसाएर पिउनुस् । पुदिनाको चिया वा चीसो पानीमा पुदिना हालेर पिउँदा लूबाट बच्न सकिन्छ । पुदिनाले पेटको समस्या पनि हटाउँछ ।
–मह

पानीमा आधी चम्चा मह हालेर पानी पिउँदा तौल घट्छ । मह स्वास्थ्यका लागि लाभदायक छ । यसले कफ र खोकी पनि ठीक पार्छ ।





