
२९ जेठ २०७६, काठमाडौं
बिहान उठ्नेबित्तिकौ प्राय: सबैको बाणी हुन्छ ।
बिहानपख मुख धुनु !
मुख धुनु राम्रो हो ।
तर……
अनुहारलाई अझ राम्रो र मुलायम तथा सफा बनाउन धेरै कुराहरुमा ध्यान पुर्याउनुपर्न हुन्छ ।
मुख धुदा ख्याल यस्तो कुराहरुमा…..
–हतारमा सफा र मसाज गर्नु हुँदैन । ध्यान दिएर अनुहारको सफाइ गर्नुपर्छ ।
–मुख हल्का मन तातो पानीले धुनुपर्छ ।
–मुख धोएपछि नरम र सफा कपडाले अनुहार पुछ्नु पर्छ । पुछ्दा पनि धेरै रगेड्नु हुँदैन ।
–अनुहारको मसाज राम्रो मानिएपनि राम्रो र फाइदा गर्ने तेलको प्रयोग गर्नुपर्छ ।
–अनुहारमा असर गर्ने उत्पादन जतिसुकै आकर्षक भएपनि प्रयोग गर्नु हुँदैन ।
–फेसवास अथवा साबुन पानीले धुदा धेरै रगेड्नु हुँदैन ।
–अनुहार सफा गरेपछि त्वचा सुख्खा नहोस् भन्नका लागि मोइस्चराइजिङ क्रिम लगाउनु राम्रो मानिन्छ ।
–अनुहारमा लगाउने क्रिम वा कुनै उत्पादन छालाको प्रकृति अनुसार मिल्ने खालको हुनुपर्छ ।
–अनुहारलाई हानी पुर्याउने क्लिनरको कहिल्यै प्रयोग गर्नुहुँदैन ।
–अनुहारको छाला धेरै नै नरम हुने भएकाले बढी रगेडिएमा असर पर्छ ।
’





